दिन ढली साँझ भाग्दा !!!

दिन ढली साँझ भाग्दा जिइरहेछु रातहरु !
रात गली नशा लाग्दा पिइरहेछु मातहरु !!

जीवनभरको साथलाई नियतीले खोसी लिंदा !
असाह्यको साथ मागी दिइरहेछु हातहरु !!

भरोसाको रुख ढली आशै-आशको हाँगा फाट्दा !
मनभित्र च्यातिएको सिइरहेछु पातहरु !!

विश्वासको नाता गाँसी दिन-दिनै धोका पाउँदा !
ईमानको भेटी चढाई लिइरहेछु घातहरु !!

-किरण टी लिम्बु / बेलायत

सुटुक्क म भन्छु केही !!!

सुटुक्क म भन्छु केही, मेरो कुरो मान्छ्यौ भने !
साटौ मुटु सँगै ज्युँने, मर्ने कसम खान्छ्यौ भने !!

लाखौं माझ मैंले आज, तिमी छाने आफ्नै माने !
छैन कर आउ वर, आफ्नो मलाई ठान्छ्यौ भने !!

जस्तो पर्ला उस्तै टर्ला, छोडी डर अघि सर !
आउने बाधा आधा आधा, सरोबरी धान्छ्यौ भने !!

हुन्न देख्या हुन्छ लेख्या, भन्ने भनुन् भन्दै गरुन् !
चढाइ डोली लान्छु भोली, भन यदी जान्छ्यौ भने !!

-जितेन्द्र मल्ल / दुबइ, यूएई

तिमी संगै हुँदा !!!

तिमी संगै हुँदा संसार जित्ने आँट थियो,
धर्ती छोडी तारा जून टिप्ने आँट थियो !!

चखेवा र चखेवी जस्तो हाम्रो जोडी हुँदा
उडी उडी त्यो छितिज़ चुम्ने आँट थियो !!

कदम कदममा साथ चल्छु भन्थ्येउ र पो
जस्तो सुकै दुखमा पनि हाँस्ने आँट थियो !!

मेरा मुटुका हरेक ती धड्किने धड्कनहरुमा
तिमी थियौ र पो मलाई बाँच्ने आँट थियो !!

जे. आर. “आभास”
एम. एस्सी. दोस्रो वर्ष ( अर्गानिक केमिस्ट्रीमा सोधार्थी)
रसायन शास्त्र केन्द्रीय बिभाग , किर्तिपुर काठमाडौँ , नेपाल

तिमि आउदा जीवनमा !!!

तिमि आउदा जीवनमा मेरो बहार आयो !
खुसि उमङ्ग तिमि संगै उपहार आयो !!

भन्छन सबै मादलको तालमा छ संगीत !
तिम्रो पाउजु बज्दा मधुर झंकार आयो !!

संसार के हो र ? शकुनीहरुको अखडा !
मेरो मुटुसंग मिल्ने आत्मीय प्यार आयो !!

औसी झैँ बितेछन दिन – रात तिमि बिना !
अपूर्ब आनन्द पाए झैँ तनमनमा निखार आयो !!

कसलाई के थाहा के को कति मूल्य छ !
नबुझ्नेहरु बुझ मेरो अर्कै संसार आयो !!

-हरि राज अधिकारी

साउँ दिए थें र पो !!!

साउँ दिए थें र पो व्याज तिराएँ !
लौ ! भन्नोस् मैले कहाँ बिराएँ !!

राम्री छोरी जन्माथ्यो र पो उस्ले !
डेरामा बस्न दिएँ विना किराए !!

छाला खुम्चेजति जवानी तन्कने रै’छ !
जोश मीठो पार्नेलाई दाम छिराएँ !!

यौटा कुरा चै मैले बिराए कै हूँ !
कलमले घोचेर पाना पिराएँ !!

साउँ दिए थें र पो व्याज तिराएँ !
लौ ! भन्नोस् मैले कत्ना बिराएँ !!

-रदीफ खरेल ( म्यान्मर )

दुई मुटृको यात्रा हाम्रो !!!

दुई मुटृको यात्रा हाम्रो छुटे पछि रोएँ !
सपनाको सानो संसार फुटे पछि रोएँ !!

पुग्नु थियो धेरै पर सपनाको देशमा !
अनायासै तिम्रो यादले कुटे पछि रोएँ !!

छाति भरि तिम्रो माया सजाएकै थिएँ !
एक एक गरि तिमीले सबै लुटे पछि रोएँ !!

तिमी बिना बाँच्दिन म भन्थ्यौ तिमी सधैं !
बाचा बन्धन सिसा सरि टुटे पछि रोएँ !!

दुई मुटृको यात्रा हाम्रो छुटे पछि रोएँ !
सपनाको सानो संसार फुटे पछि रोएँ !!

Raju syangtan
khayarmara mahottari 6

साँझ पख मैले पिए !!!

साँझ पख मैले पिए पछि नआउ !
जवानी सब अन्तै दिए पछि नआउ !!

सुम्पिएको थिएँ जीवन तिमीलाई !
अर्कैको बैना तिमी लिए पछि नआउ !!

नजरको बाँड तिम्रो औधी मिठो लाग्थ्यो !
त्यही बाँड तिम्रो खिए पछि नआउ !!

धुजा धुजा पार्यो मेरो सब मुटु !
जसो तसो मुटु सिए पछि नआउ !!

साँझ पख मैले पिए पछि नआउ !
जवानी सब अन्तै दिए पछि नआउ !!

राजु स्याङतान

छोडेर जानेलाई गाली भने नि !!!

गोरी भने नि काली भने नि, ओठमा लाउने लाली भने नि
त्यही मोरी हो जसो भने नि छोडेर जानेलाई गाली भने नि।।

हजार सपनाको माली भने नि,झुटो बोल्ने जाली भने नि
त्यही मोरी हो जसो भने नि छोडेर जानेलाई गाली भने नि।।

जिन्दगीको पाली भने पनि,आफ्नै एउटा साली भने नि
त्यही मोरी हो जसो भने पनि ,छोडेर जानेलाई गाली भने नि।।

स्वर्गकी परि भने नि, गोरी भने नि काली भने नि
त्यही मोरी हो जसो भने नि,छोडेर जाने लाई गाली भने नि।।

खरेल सुनिल,देवभुमी-काभ्रे

तिम्रो सिउँदो भर्न देऊ !!!

सातै जुनी नभए नि तिम्रो सिउँदो भर्न देऊ !
जवानी त्यो अङ्गभरि एउटा रङ्ग छर्न देऊ !

तिम्रो दिलको फूलबारीमा धेरै फूल भए पनि
धेरै बेर्ना होइन मेरो एक कलमी सर्न देऊ !

हावा सरी नबनुँ म सारा शरीर सुम्सुम्याउने
तिम्रो अङग-अङगमा केबल एक स्पर्श पर्न देऊ !

चोखो जल नबनुँ म तिम्रो मन मन्दिरको
छानोबाट बलेसीको पानी बनी झर्न देऊ !

अर्को जुनी जे त होला एक्लो यात्री बने पनि
यो जुनी चाहिं तिम्रै मनको शिविरभित्र टर्न देऊ !

(२०६० मा नमुना साहित्य समुह, पृथ्वी नारायण क्याम्पस पोखराद्वारा आयोजित खुला गजल प्रतियोगितामा दोस्रो हुन सफल गजल )

चोट देऊ यो मुटुमा !!!

चोट देऊ यो मुटुमा ठाउँ अँझै बाँकी छ
तिम्रै हातले लेखिएको नाउ अँझै बाँकी छ ।

निस्फिक्री खेले हुन्छ खुशी छु म पराजय मै
तिम्रो पक्षको आखिरी एक दाउ अँझै बाँकी छ ।

तिम्ले जस्तै बिर्सन त कोशिस मैले गरेकै हुँ
घरी-घरी बल्झी रहने घाउ अँझै बाँकी छ ।

अप्सरा झैं सिंगारिएर केको उत्सव मनायौ हिजो
सप्तरंगी सिउँदोभरि फाउ अँझै बाँकी छ ।

जले सबै सपनाहरू उराठ भयो जिन्दगी
अफसोच यी आँशुको तलाउ अँझै बाँकी छ ।

के “अमरदीप”
हाल दुबइ

←Older