मलाई सम्झाउन आएको मान्छे !!!

मलाई सम्झाउन आएको मान्छे आफैँ रून थाल्यौ किन –
आँसु झारेर फेरि पनि मेरो मनमा आगो बाल्यौ किन –

हामीले मिलीजुली उठा’को विश्वासको सुन्दर महल
मलाई पत्तै नदिई तिमी आफू एक्लैले लौ ढाल्यौ किन –

मेरो यो छातीमा कुल्चेर तिमी जोसम्म पुग्यौ, जहाँ पुग्यौ
साथ पाइनौ त्याँ बास पाइनौ नबुझी हामफाल्यौ किन –

रोज्नु, छोड्नुभन्दा धेरै पर छ रे चोखो माया हजुर
काँचलाई हीरा सम्झेर बार-बार तिम्ले पखाल्यौ किन –

– सुवासचन्द्र ढुङ्गेल

Leave a comment

Your comment