सम्झदै तिमीलाई सोध्छु !!!

सम्झदै तिमीलाई सोध्छु म हाम्रो प्रित कहाँ होला
स्वरमा स्वर मिलाउदै गाएको त्यो गीत कहाँ होला

प्रेमको नशामा हराउदै छु मलाई समहाल तिमीले,
होइन भने भन मलाई हिजोको त्यो अतित कहाँ होला

बिषिर्यौ हिजोलाई तिमीले- अनि त्यो समर्पण
समर्पण भत्रको विश्वासको हाम्रो जित कहाँ होला

सामिप्यता केही पर हुदा सुस्ताउदै जाने त्रि्रो मन,
म सोध्छु, संगै हुदा लजाउदै नबोल्ने त्यो रित कहाँ होला

अँधेरी रातको जुनलाई पछ्याउदै जाने सुमधुर धुन,
साँच्चै खोज्दैछु म, त्रि्रो कल्पनाको संगित कहाँ होला

– अभिनव ढुङ्गाना, चितवन

Comments (1)

nepalayanSeptember 5th, 2009 at 7:58 pm

dhunganaji
radif le example set garchha ra kaafiyaa le tesh lai prove garchha. jasto…….

मध्यरातमा यसरी इन्कलाब् आयो
हरायो भनेको चिट्ठीको जबाब आयो
(बूंद राना)

तपाईंको माथिको गजलमा त्यो कमी छ

Leave a comment

Your comment