मै संगपो बिहे गर्छु भन्छे !!!

मै संगपो बिहे गर्छु भन्छे किन होला
हैन भने झुन्डेर मर्छु भन्छे किन होला

नभएनी यो आगनीमा प्रेमरुपी दुबोहरु
रमाईरमाई वरिपरी चर्छु भन्छे किन होला

अप्सरा सुहाउन्न म संग भन्दा पनि
मेरै मनमा डेरा सर्छु भन्छे किन होला

माया यो भेल हो बगाएर लग्ला भनि
सम्झाउँदानी एकलै तर्छु भन्छे किन होला

जेगरेनी उनीलाई ज्याइकुटी नपारेमा
अपहरण गरेरनी हर्छु भन्छे किन होला

कृष्ण के श्रेष्ठ “काल्स”
भिमेश्वोर ३ दोलखा नेपाल (हाल योकोहामा जापान)

Comments (2)

Govinda ShresthaNovember 1st, 2010 at 4:11 pm

खायौ होला बाचा कसम संगै जिउने संगै मर्ने
अहिले किन गर्न खोज्छु आफ्नो कोही नपर्ने

नपाउने लाइ कस्तो कस्तो पाउने लाइ सस्तो
होला तिम्रो पनि हाल राजेश हमाल जस्तो
आउनेलाई ल्याउनु बेस ब्यर्थ दोधार किन
अहिले किन गर्न खोज्छु आफ्नो कोही नपर्ने

roshan kafleNovember 11th, 2010 at 3:20 pm

mero jiban sang mela khayo dada..
thank you man…

Leave a comment

Your comment