तिम्रो सिउँदो भर्न देऊ !!!

सातै जुनी नभए नि तिम्रो सिउँदो भर्न देऊ !
जवानी त्यो अङ्गभरि एउटा रङ्ग छर्न देऊ !

तिम्रो दिलको फूलबारीमा धेरै फूल भए पनि
धेरै बेर्ना होइन मेरो एक कलमी सर्न देऊ !

हावा सरी नबनुँ म सारा शरीर सुम्सुम्याउने
तिम्रो अङग-अङगमा केबल एक स्पर्श पर्न देऊ !

चोखो जल नबनुँ म तिम्रो मन मन्दिरको
छानोबाट बलेसीको पानी बनी झर्न देऊ !

अर्को जुनी जे त होला एक्लो यात्री बने पनि
यो जुनी चाहिं तिम्रै मनको शिविरभित्र टर्न देऊ !

(२०६० मा नमुना साहित्य समुह, पृथ्वी नारायण क्याम्पस पोखराद्वारा आयोजित खुला गजल प्रतियोगितामा दोस्रो हुन सफल गजल )

Comments (2)

kanchaMarch 23rd, 2011 at 12:04 am

Sir g gazal ta babbal 6 o.
jati komal aanga 6n uanka
susta susta uankai aangam gadna deu

Guru prasad sapkotaApril 24th, 2011 at 10:10 pm

म लाई हजुर को यो गजल मन पर्न्यो । चोट देऊ या धोका देऊ त्यो माया मा देऊ माया गर या न गर तर साथि भै देऊ

Leave a comment

Your comment