थोक पनि होइन रे !!!

माया त अहिले चोक चोकमा पाहिन्छ रे
थोक होइन रे अहिले त खुद्रामा लगाइन्छ रे…

सकेको लगाउ माया,अँगालो भरी बाध रे
सकेसम्म गून्धुरुक् साधे जस्तै साध रे…

ओठ सँग नोठ् मिलाय माया सस्तै पाहिन्छ रे
भन्नेले भन्दै गरुन,उमेरमा एउटी चाहिन्छ रे..

बुज्नेलाई माया स्रिखन्ड रे नबुज्नेलाई खुर्पाको बिड
लगाउने जाने बन्छ रे दिन नजाने लाग्छ रे रिन…

के कुरा गर्नु मायाको,अहिले त तौलेर पाहिन्छ रे
पाउमा पनि होइन रे छटाक मै लाहिन्छ रे…

जमाना पनि कस्तो आयो,माया चोक चोकमा पाहिन्छ रे
थोक पनि होइन रे अहिले त खुद्रा मै लगाइन्छ रे….

खरेल सुनिल
देवभुमी बालुवा -५ काभ्रे-नेपाल

मायाको नसा !!!

गाजलु आँखा अतेन्तई चन्चल !
बेला बेलामा नसालु पाराले मलाई हेरी दिदा !!

म निसर्त स्वीकार्न पुग्छु उनीलाई !
लाखौको भिडमा !!

गुलाबी अधरको त्यो लजालु मुस्कानले !
मेरो मनमा ज्वारभाटा उथल-पुथल भै दिदा !!

म कल्पनामा डुबेर प्रेम आनन्द लिन्छु !
केवल उनीलाई सम्झेर !!

उनको त्यो बैसालु जोबन देख्दा !
म भुतुक्क हुन्छु,समाल्न सक्दिन आफुलाई !!

अनि बियरको साथमा,मायाको नसा !
समिश्रण हुन्छ,केवल येसरी नै मजा लिन्छु !!

मेरा ठिट लाग्दा कल्पनाहरुमा !
झुमेर त कहिले हजार सपना चुमेर !!

प्रेम आनन्द लिन्छु !
केवल उनीलाई नै सम्झेर !!

खरेल सुनिल
देवभुमी बलुवा-५ काभ्रे-नेपाल

छरीएका पीरतीहरू !!!

छरीएका पीरतीहरू संगाआलेर सिईदिंएं,
बांकि थियो एउटै मन तेहि पनि दिइदिएं।

रक्सी पीई नसा लिने रहर तर होईन मेरो,
साथीभाईको बचन राख्न पहिलोचोटी पीईदिएं।

धेरैपछि प्रिया लाई भेटेकोथें एकान्तमा,
ऊनको बचन कसरी हार्नु दोस्रोपटक लिईदिएं।

बैगुनीले कुन्नी किन छाडिगईन मलाई फेरी,
ऊनको आशमा फेरी मैले एकपटक पीईदीएं।

ऊनको याद मनमुटुमा ताजै छ अझै पनि,
ऊनी बीना जीउन सिक्न पटकपटक पीईदीएं।

छरीएका पीरतीहरू संगाआलेर सिईदिंएं,
बांकि थियो एउटै मन तेहि पनि दिइदिएं।

कहाँ पाहिन्थ्यो र !!!

कहाँ पाहिन्थ्यो र बाल्यकालका खुशी हुने ति  दिनहरु ??
धुलो माथि टेकी हाम्ले जुन तारा छुने ति दिनहरु ??

कसैको दुख, कसैको पिर,कसैको चिन्ता मतलब थे’न,
के आउला भाँडाकुटीको दुनियामा रमाउने ति दिनहरु ??

न भोक लाग्थ्यो, न केहि बितेको हुन्थ्यो खेल्न पाउँदा
कहिले आउला फेरी पौडी, डन्डीबियो खेल्ने ति दिनहरु ??

के घर गाउँ, समाज, के देशको चिन्ता केहि थाहा नै थिएन,
खुशी हुन्थे आए बिना चिन्ता खोलीबगर डुल्ने ति दिनहरु ??

साथीभाईको लहैलहै मै स्कूलबाट भागेर बनपाखा डुलेको ,
सम्झन्छु अहिले झल्झली ऐंसेलु, काफल खाने ति दिनहरु…

जे . आर. “आभास”
रसायन शास्त्र केन्द्रीय बिभाग ,
एम. एस्सी . दोस्रो बर्ष ( Organic chemistry   )
किर्तिपुर काठमाडौँ , नेपाल

भुल्न चोट बोतल तिर !!!

भुल्न चोट बोतल तिर, बढ्यो हात आज साथी ।
पिउँदा पिउँदै पत्तै नपाई, चढ्यो मात आज साथी ।।

मन भित्र रुन्थें कति, बहिर हल्ली हिंडे पनि ।
आफ्नै ठाने निर्मोहीलाई, गर्‍यो घात आज साथी ।।

आँफै भन्दा बढी भर, परेको थें उनी माथि ।
विश्वासको बाँकी एउटै, झर्यो पात आज साथी ।।

सम्झिएर खुशीका पल, उनी सँग बिताएका ।
आसुँ सँग निद्रा बिना, कट्यो रात आज साथी ।।

फुटेको छ कर्म मेरो, ठोकर जता गये पनि ।
बिधाताले यो भाग्यमा, हान्यो लात आज साथी ।।

पिउँदा पिउँदै पत्तै नपाई, चढ्यो मात आज साथी ।।
भुल्न चोट बोतल तिर, बढ्यो हात आज साथी

-दिपेश श्रेष्ठ

प्रीत गहिरो पुरानै कहानी !!!

प्रीत गहिरो पुरानै कहानी नौलो भएर बसेछ !
बात अधुरै रातको, बिहानी स्वप्निल बनेर बसेछ !!

चन्चल ओठ मुस्काउदा युग बित्छ शनै शनै !
मायाको रङ हजार, हजार पुतली रमेर बसेछ !!

जिउनुको अर्थ खोज्दैमा बितेछ जीवन कत्तिको !
हराएर जीवन प्रीतमा कोही, जीवन्त मरेर बसेछ !!

लुकामारी खेल्दै जुन सुख दु:ख गाउछ रित यहाँ !
अङ्गालोमा बेरिई युगल, स्वर्गिय आनन्द रचेर बसेछ !!

अँधेरीमा रम्दै निशा मदमस्त घुम्छिन ‘पवन’सँग !
हरपलमा युग अटाउदै चखेवा, प्रीतमा संगीत भरेर बसेछ !!

पवन मगर
घरबारीटोल, नेपालगन्ज-२, बाँके

मै संगपो बिहे गर्छु भन्छे !!!

मै संगपो बिहे गर्छु भन्छे किन होला
हैन भने झुन्डेर मर्छु भन्छे किन होला

नभएनी यो आगनीमा प्रेमरुपी दुबोहरु
रमाईरमाई वरिपरी चर्छु भन्छे किन होला

अप्सरा सुहाउन्न म संग भन्दा पनि
मेरै मनमा डेरा सर्छु भन्छे किन होला

माया यो भेल हो बगाएर लग्ला भनि
सम्झाउँदानी एकलै तर्छु भन्छे किन होला

जेगरेनी उनीलाई ज्याइकुटी नपारेमा
अपहरण गरेरनी हर्छु भन्छे किन होला

कृष्ण के श्रेष्ठ “काल्स”
भिमेश्वोर ३ दोलखा नेपाल (हाल योकोहामा जापान)

एक्लै सागर तर्छु भन्यौ !!!

एक्लै सागर तर्छु भन्यौ, मरे अन्तै मर्छु भन्यौ
अब देखि आफ्नो शुर, आफै अन्तै गर्छु भन्यौ

मत अवाक् जिल्ल पर्दै, तिम्रो सहास हेरि रहेँ
मन मिल्ने अर्कै खोजी, बसाई अन्तै सर्छु भन्यौ

मेरो मनको ढोका सधैँ बन्द गर्ने तिम्रो रहर
र त अर्को बास्ना दिने, फूल अन्तै छर्छु भन्यौ

मेरो मनको रंग तिमीले, सके सरी देखे पछि
चमक दिने बस्तु सँगै, रंग अन्तै भर्छु भन्यौ

निर्दयी पो हुँदो रैछ, निर्मोहिको मनै पनि
बीच बाटोमै छाडि मलाई, जालमा अन्तै पर्छु भन्यौ

हरि मानन्धर “विवश”
क्याक्मी ९, स्याङ्ग्जा (हाल इजरायल)

जे–जस्तो परे पनि !!!

जे–जस्तो परे पनि, तिम्रो आँगन टेक्ने छैन
सत्य–सत्य अब कहिल्यै, तिमीलाई भेट्ने छैन

छुरा हान्यौ विश्वासघातको, मेरो कोमल हृदयमा
निको पार्न पीरतिको, पोको बनाई सेक्ने छैन

यसै गरि धोका पाए, यहाँ सबले पीरतिमा
पीरतिका अमर कथा, कसैले नि लेख्ने छैन

जति सक्छौ सुरक्षा लौ, गरि हिंड आफ्नो अब
दिउँसै ईज्जत लुटिएनी, कसैले देख्ने छैन

एस.पी. “निर्मोही”
नारायणपुर–७, सिम्रनी
कैलाली

किस्मतले दिएकै हो !!!

किस्मतले दिएकै हो, साथ जीन्दगीलाई
लड्दा उठाउने थिए, हात जीन्दगीलाई

सफलताका अवसरहरू, चिन्न तिम्ले सकेनौं छौ
त्यसैले त चोट पायौ, घात जीन्दगीलाई

जतापनी प्रतिघात, तिरस्कार, गरेर तिम्ले
आफुले आफैलाई हानेऊ, लात जीन्दगीलाई

किन दिन्छेउ   एकै छिनमा, उत्रिजाने जामहरू
देऊन बरु पिरतिको, मात जीन्दगीलाई

फूल्लाई चिन्न सकेनौं, अरु के नै हात लाग्छ
पाठउँदै छू बेरी बस्नु, पात जीन्दगीलाई

एस. पी. “निर्मोही”
नारायणपुर- ७, सिम्रेनी
कैलाली